बेनी हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आम सर्वसाधारणका लागि भदौ २२ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।...

