सर्वसाधारणले भुजुङ हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सक्ने
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर जारी गरेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कर्मचारीहरुका लागि २० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

