सोमबार, फाल्गुन ११,२०८२ 09:16:56
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 09:16:56
Bizshala
Global IME Bank Limited

ट्रेड टावरले जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

ट्रेड टावरले जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गर्न लागेको हो ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।  जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता कित्ता सेयर नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि गत वैशाख ८ गतेदेखि २२गतेसम्म निष्कासन गरिएको थियो ।  

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ९८ हजार ५८४.६४ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गर्न लागेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा जेठ १९ गते  र ढिलोमा जेठ २८ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एलएस क्यापिटल लिमिटेड रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आईपीओ निष्काशनको लागि रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउछ ।  

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.९३ वर्ष रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.