काठमाण्डौं । कम्पनी तथा सरकारले प्रथमपटक जारी गरेको धितोपत्रको किनेबचे हुने बजारलाई प्रथामिक बजार (आईपीओ)भनिन्छ । त्यसैगरि प्राथमिक बजारमा जारी गरी सकेको धितोपत्रको पुनःकिनेबेच गर्न सकिने बजारलाई दोस्रो बजार भनिन्छ । उदाहरणका लागि हाल मेरो सेयरमा गएर आवेदन दिने प्रक्रिया प्रथामिक बजारअन्तर्गत पर्छ भने सेयर ब्रोकरहरुमार्फत खरिद गर्ने दोस्रो बजारअन्तर्गत पर्छन ।
आईपीओ भर्न के के आवश्यक हुन्छ ?
आईपीओ भर्न सबै भन्दा पहिले बैंक खाता आवश्यक पर्छ । प्रायः अहिले सबैसँग बैंक खाता हुने गर्छ । त्यसपछि १६ डिजिटको डिम्याट खाता आवश्यक हुन्छ । यो ब्रोकर अथवा बैंकहरुको डीपी जहाँ खोल्दा पनि हुन्छ । त्यसपछि सेयर कारोबारका लागि ब्रोकर केवाइसी चाहिन्छ । अहिले सेन्ट्रल केवासी पनि लागू भईसकेको छ । त्यसपछि सेयर भर्ने चाहिने अर्को महत्वपूर्ण कुरा भनेको सीआरएन नम्बर हो। जुन तपाइको खाता भएको बैंकले उपलब्ध गराउने गर्छ । यी सबै प्रक्रिया पूरा भए पछि मेरो सेयर मार्फत ‘माई आस्बामा’ गएर आफै संसारको जुन सुकै ठाँउबाट योग्य नेपाली नगारिकले सेयर भर्न सक्छन्।
दोस्रो बजारमा आफै सेयर कारोबार गर्न टीएमएस अर्थात ट्रेड म्यानेजम्यान्ट सिस्टम लिनु पर्ने हुन्छ । दोस्रो बजारमा ब्रोकरलाई सम्पर्क गरेर वा टीएमएस लिएर आफैपनि सेयर कारोबार गर्न सकिन्छ । टीएमएस लग इन गर्न सम्बन्धित ब्रोकरले युजर आइडी र पासवर्ड उपलब्ध गराउँछ । आईपीओ मेरो सेयर र टीएमएसको युजर आइडी र पासवर्ड अनिवार्य हुने गर्छ । यसर्थ यसलाई सुरक्षित राख्नुपर्छ । याद गर्न नसके आफ्नो गोप्य डायरीमा लेखेर राख्न पनि सकिन्छ । यी सबै प्रक्रिया पुरा भए पछि कम्पनीलहरुले जारी गरेको प्रथामिक सेयर भर्न सकिन्छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                