मंगलवार, आश्विन २८,२०८२ 02:40:29
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 02:40:29
IME remit
Global IME Bank Limited

श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत भदौ ११ गतेदेखि कुल ४ लाख ७३ हजार ६३ कित्ता आईपीओ जारी गरेको छ ।  

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रति सेयर रू। १०० अंकित दरका ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

जसमध्ये जारीपूँजीको १ प्रतिशत अर्थात रु। १०० अंकित दरका १ लाख ६३ हजार १२५ सय कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ३० लाख ९९ हजार ३७५ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।  

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गते हुनेछ ।  

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन शाखा, पाल्पा र फरसाटिकार शाखा एनएमबी बैंकको। तानसेन शाखा, पाल्पा र फ्रसाटिकार शाखा र ग्लोबल आइएमई बैंकको तानसेन शाखाबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर जारी गर्नेछ । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.