श्रीनगर एग्रीगेटको आइपीओमा ४.६४ गुणा बढी आवेदन
काठमाण्डौ । श्रीनगर एग्रीटेकको इन्डस्ट्रिजको आइपीओमा दोस्रो दिनसम्म ४.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १० लाख ३१ हजार ९४१ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा १ अर्ब १६ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५६ हजार ६३० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा ४ गुणा बढी हो ।