काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडको आईपीओमा खरिद आवेदन दिने समय थप गरिएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत भदौ ११ गतेदेखि २५ गतेसम्म जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको हो ।
देशमा उत्पन्न विषम अवस्थाका कारण दरखास्त लिन बाधा पुगेको र स्थानिय बासिन्दाको आग्रहलाई मध्यनजर गर्दै कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
सो मध्ये जारीपूँजीको १ प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ६३ हजार १२५ सय कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि जारी गरिएको छ ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन शाखा, पाल्पा र फरसाटिकार शाखा एनएमबी बैंकको। तानसेन शाखा, पाल्पा र फ्रसाटिकार शाखा र ग्लोबल आइएमई बैंकको तानसेन शाखाबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर जारी गर्नेछ ।