Bizshala
  • बिहीबार, पुष २४,२०८२ 09:44:01
Bizshala
Global IME Bank Limited

पियोर इनर्जीको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने

Hyundai Nepal
पियोर इनर्जीको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने
Shivam Cement

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो ।  

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु.१०० अंकित दरका १ लाख ६०  हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरेको थियो ।  

CG Motors
Bizshala
Garima Development Bank

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २८ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा चैत ३ गते  र ढिलोमा चैत १२ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.