पियोर इनर्जीले १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १६ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।