काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १६ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड(सेबोनं)मा आवेदन दिएको थियो । कम्पनीले १६ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।