मंगलवार, कार्तिक ३,२०८३ 04:39:08
  • मंगलवार, कार्तिक ३,२०८३ 04:39:08
Global IME Bank Limited

पियोर इनर्जीद्वारा ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Bizshala
पियोर इनर्जीद्वारा ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
New Office

काठमाण्डौ। पियोर इनर्जी लिमिटेडले बाँकेका ३ वटा विद्यालयमा अध्ययनरत ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार सरस्वती पूजाको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदापुरका १८५, पशुपति मावि घियागाउँका ३०२ र नेपाल राष्ट्रिय मावि पिडारीका ३१० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरी, पाठ्यपुस्तक र कर्नर लाइब्रेरी प्रदान गरिएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सो अवसरमा कम्पनीका प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो । पियोरले शैक्षिक सामग्री प्रदान गरेपछि विद्यार्थीले खुसी व्यक्त गरे । सौर्य ऊर्जा कम्पनीले बालबालिकाको शिक्षामार्फत समाजप्रतिको दायित्व बहन गरेको भन्दै प्रशंका गरेका थिए ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

पियोर इनर्जीले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुबै आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन् । गोल्याण ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.