काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि डाकेको आठौं वार्षिक साधारण सभा स्थगित भएको हो ।
देशको विद्यमान अवस्थाका कारण सेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै अर्को सूचना प्राप्त नभएसम्मका लागि उक्त सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
उक्त सभा काठमाण्डौको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सभा आयोजना गर्ने तय भएको थियो ।