काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै उक्त आवका वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै सभामा आव २०८३/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । यस्तै सञ्चालक समितिको कार्यकाल थप गरी सञ्चालक समिति गठन गर्ने र सञ्चालक समितिबाट भएका निर्णयहरु कार्यान्वयन गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।