काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् । सेबोनमा हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले आवेदन दिएका हुन् ।
हिम रिभर पावरले माघ २८ गते र पियोर इनर्जीले माघ २९ गते आईपीओ निष्कासनको अनुमति माग आवेदन दिएका हुन् ।
हिम रिभर पावरले १३ करोड ३० लाख रुपैयाँबराबरको १३ लाख ३० हजार कित्ता र पियोर इनर्जी लिमिटेडले १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेका छन् ।
हिम रिभर पावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा सिद्धार्थ क्यािपटल र पियोर इनर्जी लिमिटेडको नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।