काठमाण्डौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
उक्त सभा फागुन २५ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको ब्लू स्टार कम्प्लेक्समा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र गत आर्थिक वर्षका वित्तीय विवरणहरु पारित गरिनेछन् ।