बुधबार, फाल्गुन ६,२०८२ 04:30:52
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 04:30:52
Bizshala
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

क्रेष्ट माइक्रो लाइफको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
Shivam Cement

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिमदिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिडका अनुसार आज अन्तिमदिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको हो ।

आजसम्ममा कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ बराबरको सेयर माग भएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको  आइपीओमा आवेदन दिएका आवेदकहरुमध्ये १८ लाख ६४ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.