शनिबार, मंसिर ५,२०८३ 01:02:29
  • शनिबार, मंसिर ५,२०८३ 01:02:29
Global IME Bank Limited

सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट

Bizshala
सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले विभिन्न कारणले नियमित बीमाशुल्क भुक्तानी गर्न नसकी निष्क्रिय भएका बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यो सुविधा आगामी मंसिर २१ गतेसम्म उपलब्ध हुनेछ। उक्त अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितले तोकिएको मापदण्डअनुसार विलम्ब शुल्क अर्थात् ब्याजमा छुट पाउनेछन्।

CG Motors
Garima Development Bank
IME remit

योजनाअन्तर्गत व्यतित भएको दुई वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिइनेछ। त्यस्तै, दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा २५ प्रतिशत छुट उपलब्ध हुनेछ।

कम्पनीले यस्तो छुट बीमाको सम्पूर्ण अवधिभर एक पटक मात्रै प्रदान गरिने स्पष्ट पारेको छ।

यद्यपि, छुट सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरिएमा यसअघि छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ।

बीमित तथा उनीहरूका परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिन र निष्क्रिय बीमालेख पुनः सञ्चालनमा ल्याउन योजना प्रभावकारी हुने कम्पनीको विश्वास छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.