काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी कात्तिक २५ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सो प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपरे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको वार्षिक प्रतिवेदन तथा गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।