आईतवार, बैशाख ६,२०८३ 05:37:20
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:37:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने

Bizshala
लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । भैरहवामा सञ्चिालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्य पदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पूँँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ । यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा धुर्ब भट्टराईले हस्ताक्षर गरे ।

एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तरर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पूँजी जुटाउँदै पव्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशन गर्न परामर्श सेवा प्रदान गर्नेछ । एलिटले कम्पनीको पूँँजीवृद्धि, व्यवशाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हाल १३ करोड चुक्तापूँजी रहेको लुम्बिनी हर्बोस्यूटिकल्समा नयाँ लगानीकर्ता थपिएसँगै पूँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको कम्पनीले जनाएको छ । पूँजीवृद्धिपछी कम्पनीले पव्लिक कम्पनीमा रुपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. धुर्ब भट्टराईले जानकारी दिए ।  

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले बिभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्य पदार्थ उत्पादन गरिरहेको छ ।    

हालसम्म औषधीजन्य उद्योगहरु पव्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन । २ वटा औषधी उद्योगले आईपीओ जारी गर्नका लागि प्रक्रिया शुरु गरेका छन । तर, आयूर्वेद औषधी उद्योगको रुपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.