बिहीबार, चैत्र २१,२०८१ 04:10:33
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:10:33
IME remit
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai Nepal
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर गत माघ २१ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि जारी गरेको थियो।  

कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।  

Shivam Cement
Bizshala
CG Motors

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।  

कम्पनीलाई क्रेडिट रेटिङ संस्था, केयर रेटिङ नेपाल लिमिटेडले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व भुक्तानीको सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चालु आवको पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.११ रुपैयाँ र सञ्चित नाफा ३ करोड ७१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.