ओम मेगाश्री फर्मास्युटिकल्स २.३० करोड घाटामा, आम्दानीमा पनि ८१% को गिरावट
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार असोज मसान्तसम्म कम्पनी २ करोड ३० लाख रुपैयाँ घाटामा रहेको छ । गत असार मसान्तसम्म भने कम्पनी ८९ लाख २८ हजार नाफामा थियो ।

