सोमबार, मंसिर ८,२०८२ 09:10:07
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 09:10:07
IME remit
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि आईपीओ जारी गर्ने

Hyundai Nepal
ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि आईपीओ जारी गर्ने
Shivam Cement

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले यही फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।   कम्पनीले आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्नेछ ।  

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।  

CG Motors
New Office
Garima Development Bank

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा चैत ३ गते  र ढिलोमा चैत १२ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘CARE-NP BB-(Is) [Double B Minus (Issuer)’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व भुक्तानीको सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो च्रणअन्तर्गत गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । जुन आईपीओ फागुन ११ गते निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको परिसरमा बाँडफाँड भएको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.