शनिबार, श्रावण २३,२०८३ 09:46:07
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 09:46:07
Bizshala
Global IME Bank Limited

ओम मेगाश्रीलाई जीएमपी प्रमाणपत्र, गुणस्तरीय औषधि उत्पादनमा नयाँ छलाङ

ओम मेगाश्रीलाई जीएमपी प्रमाणपत्र, गुणस्तरीय औषधि उत्पादनमा नयाँ छलाङ
New Office

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले औषधि व्यवस्था विभागबाट औषधि उत्पादन कुशल अभ्यास अर्थात् ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिसेस’ (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ।

विभागले कम्पनीको चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित उत्पादन केन्द्रलाई निरीक्षण तथा मूल्यांकनपछि जीएमपी प्रमाणपत्र प्रदान गरेको हो। विभागले औषधि ऐन, २०३५ को दफा १७ को उपदफा (४) बमोजिम जारी गरेको प्रमाणपत्रको अवधि २०८६ साउन २१ गतेसम्म कायम रहने उल्लेख छ।

प्रमाणपत्रअनुसार कम्पनीले ‘नन–पेनिसिलिन तथा नन-सेफालोस्पोरिन’ समूहअन्तर्गत ट्याब्लेट र क्याप्सुल उत्पादन गर्न स्वीकृति पाएको छ। यसअन्तर्गत औषधिको उत्पादन, प्याकेजिङ र गुणस्तर नियन्त्रणसम्बन्धी गतिविधि समेटिएका छन्।

जीएमपी प्रमाणपत्रले औषधि उत्पादनमा अपनाइने प्रक्रिया, सरसफाइ, गुणस्तर नियन्त्रण, प्याकेजिङ तथा नियामकीय मापदण्ड पालना गरिएको पुष्टि गर्छ। कम्पनीले सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधि उत्पादन गर्ने प्रतिबद्धतामा यो प्रमाणपत्र महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

‘यो उपलब्धिले उच्च नियामकीय मापदण्ड पालना गर्दै सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधि उत्पादन गर्ने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ,’ कम्पनीले भनेको छ।

कम्पनीले जीएमपी प्रमाणीकरण प्रक्रियामा योगदान पुर्‍याउने कर्मचारी, व्यवस्थापन तथा सम्बद्ध सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ।

ओम मेगाश्री नेपालको धितोपत्र बजारमा सूचीकृत स्वास्थ्य क्षेत्रको पहिलो पब्लिक कम्पनीसमेत हो। जीएमपी प्रमाणपत्र प्राप्त भएसँगै कम्पनीको उत्पादन प्रणाली, गुणस्तरप्रतिको प्रतिबद्धता र संस्थागत विश्वसनीयता थप बलियो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.