सोमबार, असार २,२०८२ 02:33:43
  • सोमबार, असार २,२०८२ 02:33:43
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सको नाफा ८३% ले बढ्यो, आम्दानीमा पनि ५७% को सुधार

Hyundai Nepal
ओम मेगाश्री फर्मास्युटिकल्सको नाफा ८३% ले बढ्यो, आम्दानीमा पनि ५७% को सुधार
Nabil Bank Limited

काठमाण्डौ। हालै आईपीओ निष्कासन गरेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो त्रैमासको तुलनामा ८३.०८ प्रतिशतले बढी हो । अघिल्लो त्रैमाससम्म कम्पनीले ४१ लाख २९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै कम्पनीको कुल आम्दानी ५७.९९ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २१ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो त्रैमाससमा भने कम्पनीको आम्दानी १३ करोड ६१ लाख रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल खर्च भने बढेको छ । अघिल्लो त्रैमाससमा १२ करोड ७७ लाख रहेको कुल खर्च बढेर २० करोड ५६ लाख पुगेको छ । ६० करोड चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ भने ४ करोड १२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यस्तै कम्पनीको अन्य रिजर्भमा भने ६ करोड २४ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड ९७ लाख र कुल चालु दायित्व २१ करोड ५१ लाख रहेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.५२ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.