काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन सदर भएको र २ लाख हजार ५२७ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।
यसरी कुल सदर आवेदकबाट २ करोड १२ लाख ८२ हजार २४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कुल सदर आवेदकमध्ये १ लाख ४७ हजार ६०० जनालाई १० कित्ताका दरले १४ लाख ७६ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।
सेयर पाउने लगानीकर्ताबीच यतिबेला कम्पनीको आइपीओले दोस्रो बजारमा कति ओपनिङ रेञ्ज पाउला भन्ने जिज्ञासाको विषय बनेको छ ।
कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम ९०.१७ रुपैयाँदेखि अधिकतम २७०.५१ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कम्पनीको वास्तविक नेटवर्थको आधारमा तोक्ने गर्दछ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीनगुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आर्थिक वर्ष २०८०÷८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ । कम्पनीले आव २०८३÷८४ सम्म नेटवर्थ ११३.३७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।