आईतवार, फाल्गुन ३,२०८२ 08:07:29
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:07:29
Bizshala
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्स २.३० करोड घाटामा, आम्दानीमा पनि ८१% को गिरावट

ओम मेगाश्री फर्मास्युटिकल्स २.३० करोड घाटामा, आम्दानीमा पनि ८१% को गिरावट
Shivam Cement

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार असोज मसान्तसम्म कम्पनी २ करोड ३० लाख रुपैयाँ घाटामा रहेको छ ।  

गत असार मसान्तसम्म भने कम्पनी ८९ लाख २८ हजार नाफामा थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको आम्दानीमा गिरावट आउदा घाटामा गएको हो । यो अवधिमा कम्पनीको आम्दानी ८१.४३ प्रतिशतले घटेर ५ करोड १६ लाखमा सीमित बनेको छ । कम्पनीको खर्चमा कमी आएको छ । गत असार मसान्तसम्म २६ करोड ६४ लाख रहेको कम्पनीको खर्च घटेर ७ करोड ४६ लाखमा सीमित बनेको छ ।  

पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ६ करोड १८ लाख रुपैयाँले ऋणात्मक बनेको छ भने अन्य रिजर्भमा ६ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वार्षिकिकरण गरिएको १५.३८ रुपैयाँले ऋणात्मक बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १००.०९ रुपैयाँ र प्रतिसेयरकुल सम्पत्तिको मूल्य २४२.१५ रुपैयाँ कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.