आईतवार, बैशाख ६,२०८३ 05:35:54
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:35:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, १ लाख ४७ हजार ६ सय आवेदकले पाए १० कित्ता

Bizshala
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, १ लाख ४७ हजार ६ सय आवेदकले पाए १० कित्ता
Shivam Cement

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।  

उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलप्रथा विधिमार्फत बाँडफाँड भएको क्यापिटलले जनाएको छ ।  

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन सदर भएको र २ लाख हजार ५२७ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।  

यसरी कुल सदर आवेदकबाट २ करोड १२ लाख ८२ हजार २४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कुल सदर आवेदकमध्ये १ लाख ४७ हजार ६०० जनालाई १० कित्ताका दरले १४ लाख ७६ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाई आम सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको थियो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.