काठमाण्डौ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । गत चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी जेठ १ गते बुटवलमा रहेको महाराजा रिसार्टमा बिहान ९.१५ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनको सम्बन्धमा नियमनकारी निकायबाट कुनैपनि संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गनृ सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८१ असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                