ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, डाक्यो प्रथम साधारण सभा
काठमाण्डौ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा...