काठमाण्डौ । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयका लागि आईपीओ जारी गरेको थियो ।
कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि ९ लाख ३० हजार कित्तासेयर निष्कासन गरेको हो ।
कम्पनीले खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ ,रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको वडा नं १. २ र ३ ,मायागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्वी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको छ ।
बुक बिल्डिंग विधिबाट निष्कासन गरिएको सेयरको मूल्य प्रतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ।
लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २७ लाख ७० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।