सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।