मंगलवार, कार्तिक ३,२०८३ 02:13:22
  • मंगलवार, कार्तिक ३,२०८३ 02:13:22
Global IME Bank Limited

प्रिमियममा आईपीओ बेचेका ४ सिमेन्ट कम्पनी: वित्तीय रुपमा जो कमजोर, उसकै सेयरमूल्य चर्को !

Bizshala
प्रिमियममा आईपीओ बेचेका ४ सिमेन्ट कम्पनी: वित्तीय रुपमा जो कमजोर, उसकै सेयरमूल्य चर्को !
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीमध्ये कुनको सेयरमा लगानी गर्दा उचित होला ? आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासको वित्तीय विवरण सबैले प्रकाशित गरिसकेपछि धेरै लगानीकर्तामा यो जिज्ञासा देखिएको छ ।  

हुन त पछिल्लो समय दोश्रो बजार मूल्य वित्तीय विवरणका आधारमा भन्दा पनि चलखेलको आधारमा निर्धारण हुँदै आएको छ । खेलाडीले जुन कम्पनीमा खेल्यो, त्यो कम्पनीको मूल्य अचाक्ली बढ्ने, तर खेलाडीले नछोएको र वित्तीय विवरण राम्रो भएको कम्पनीको मूल्य चाहिँ न्यून हुने समस्या विकृतिको रुपमा बग्रेल्ती देखिएका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सिमेन्ट कम्पनीमा समेत यही समस्या देखिएको छ । केही कम्पनीको वित्तीय विवरण खराब भएर प्रतिसेयर आम्दानी ऋणात्मक हुँदा समेत तिनै कम्पनीको दोश्रो बजार मूल्य भने चर्को देखिएको छ ।  

हाल बजारमा सर्वोत्तम सिमेन्टको मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ९९० रुपैयाँ पुगेको छ ।  

चुक्तापूँजीको १० प्रतिशत सेयर मात्रै दोश्रो बजारमा सूचिकृत भई कारोबारमा आएकोले यो कम्पनीको खेलाडीहरुले राम्रै खेलिरहेका देखिन्छ । तथापि, कम्पनीको वित्तीय विवरणले लगानीकर्तालाई निराश भने बनाइहाल्दैन ।  

यो कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्म कम्पनीले जम्माजम्मी १७ करोड ४२ लाख मात्रै नाफा आर्जन गर्न सकेको देखिन्छ । जसका कारण प्रतिसेयर आम्दानी पनि ३.७५ रुपैयाँमा सीमित बन्न पुगेको छ ।  

कम्पनीको अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा घटेको हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको नाफा २१ करोड ३८ लाख रुपैयाँभन्दा माथि थियो ।

मुख्य सञ्चालन आम्दानी गत वर्ष ५ अर्ब ३८ करोडबाट बढेर ६ अर्ब ३७ करोड पुग्दा समेत विभिन्न खर्च र दायीत्व बढेका कारण सर्वोत्तम सिमेन्टको नाफामा संकुचन देखिएको हो । यो कम्पनीको प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ ।  

दोश्रो बजार मूल्यका हिसाबले दोश्रो स्थानमा रहेको शिवम् सिमेन्टको वित्तीय विवरण ४ कम्पनीकोभन्दा राम्रो छ । दोश्रो बजार मूल्य ७४५ हाराहारीमा रहेको शिवम् सिमेन्टले चौथो त्रैमाससम्म २५ करोड नाफा कमाएको छ । यो कम्पनीको चुक्तापूँजी चाहिँ ५ अर्ब २ करोड रुपैयाँ रहेको छ ।  

चारवटा सिमेन्ट कम्पनीमध्ये प्रतिसेयर आम्दानी पनि शिवमकै सबैभन्दा राम्रो छ । यो कम्पनीको इपीएस ४.९८ रुपैयाँ रहेको हो । प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ ।  

यो कम्पनीको भने मुख्य सञ्चालन आम्दानीमा सामान्य गिरावट देखिएको छ । अघिल्लो वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ रहेको यस्तो आम्दानी घटेर ७ अर्ब ७० करोडमा सीमित बनेको हो ।  

प्रतिसेयर नेटवर्थ सबैभन्दा धेरै रहेको घोराही सिमेन्टको २०८० ८१ को चौथो त्रैमासको वित्तीय विवरण निकै खराब आएको छ । 

समीक्षा अवधिमा यो कम्पनी १२१ करोडले घाटामा गएको छ । अघिल्लो वर्ष ६ करोड ३१ लाख बढी नाफामा थियो ।  

कम्पनी तीव्र घाटामा जाँदा यसको इपीएस पनि २६.६८ रुपैयाँले ऋणात्मक बन्न पुगेको छ ।  

चुक्तापूँजी ४ अर्ब ५६ करोड रहेको यो कम्पनीको अघिल्लो वर्ष ४ अर्ब ६२ करोड रहेको मुख्य सञ्चालन आम्दानी घटेर ४ अर्ब ४७ करोडमा सीमित बन्न पुगेको छ । खर्च तथा दायीत्व ह्वात्तै बढ्दा प्रिमियममा आईपीओ बेचेको घोराही सिमेन्टले लगानीकर्तालाई निराश बनाइदिएको छ । यो कम्पनीको दोश्रो बजार मूल्य ६२३ रुपैयाँ रहेको छ ।  

कुल ३ अर्ब ७ करोड चुक्तापूँजी रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमीटेड(सोना)को वित्तीय विवरण पनि निकै खराब आएको छ । यसको दोश्रो बजार मूल्य ६०० रुपैयाँ हाराहारी पुगेको छ । तर, बढ्दो दोश्रो बजार मूल्यलाई सपोर्ट गर्ने वित्तीय विवरण छैन ।  

सोना सिमेन्ट समीक्षा अवधिमा ४६ करोड ९२ लाख रुपैयाँ घाटामा गएको छ । यो कम्पनीले पनि लगानीकर्तालाई प्रिमियममा आईपीओ बिक्री गरेको थियो ।  

कम्पनी घाटामा जाँदा इपीएस १५.२६ रुपैयाँले नेगेटिभ बनेको छ भने नेटवर्थ १६३.२४ रुपैयाँ रहेको छ ।  

अघिल्लो वर्ष मुख्य सञ्चालन आम्दानी १ अर्ब ७३ करोड रहेकोमा यो वर्ष घटेर १ अर्ब ६३ करोडमा सीमित बन्न पुगेको छ ।  

एकातिर मुख्य आम्दानी नै घटेको छ भने अर्काेतर्फ दायीत्व र खर्च अनियन्त्रित ढंगले बढ्दा सोना सिमेन्ट वित्तीय रुपमा कमजोर बन्दै गएको देखिन्छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.