आईतवार, फाल्गुन ३,२०८२ 10:06:37
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:06:37
Bizshala
Global IME Bank Limited

नेपाल रेमिटर्स एशोसिएसन र मलेशियाको एमएएमएसबीबीच सम्झौता

नेपाल रेमिटर्स एशोसिएसन र मलेशियाको एमएएमएसबीबीच सम्झौता
Shivam Cement

काठमाण्डौ । नेपाल रेमिटर्स एशोसिएसन (एनआरए) ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (एमएएमएसबी) सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिट्यान्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता झल्काएको जनाइएको छ ।  

केही चरणका छलफलहरू पछि, दुवै संघहरूले मनी सर्भिसेस बिजनेस (एमएसबी) क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न, र वृद्धि प्रोत्साहन गर्न संयुक्त रूपमा काम गर्ने सहमति जनाएको छ । यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सम्झौता हस्ताक्षर समारोहका क्रममा, एमएएमएसबीका अध्यक्ष जाजाखान बिन कादेर गनी र एनआरएका अध्यक्ष रितेश मित्तलले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवद्र्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण, र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने विषयमा विचार–विमर्श गरे ।

यस अवसरमा एनआरएका अध्यक्ष रितेश मित्तलका अनुसार यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो । एमएएमएसबीसँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने, र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरू तथा नेपालको समग्र अर्थतन्त्रलाई लाभ पु¥याउने उनले बताए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एमएएमएसबीका अध्यक्ष जाजाखान बिन कादेर गनीले भने ‘हामी नेपाल रेमिटर्स एशोसिएसनसँग सहकार्य गर्न पाउँदा खुशी छौँ । यो साझेदारीले प्रविधि, दक्षता विकास, र अन्तर्राष्ट्रिय मापदण्डको पालना मार्फत मनी सर्भिसेस क्षेत्रलाई सुदृढ बनाउने हाम्रो साझा प्रतिबद्धता झल्काउँछ ।’

यो सहकार्यले दुवै संस्थाबीच सीप विकास, नीतिगत संवाद, र क्षेत्रीय समन्वयका नयाँ द्वारहरू खोल्ने विश्वास गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.