घाटाबाट बाहिरिँदै सोनापुर मिनरल्सद्वारा ४.३६ करोड नाफा आर्जन
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड चालु आवको पहिलो त्रैमासमा घाटाबाट उम्कन सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनी ८ करोड ५५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले यो अवधिसम्म बिक्रीमार्फत ६६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९५.२९ प्रतिशतले बढी...

