सोनापुर मिनरल्सको १.८४ करोड कित्ता सेयरको लक–इन अवधि असोजमा सकिँदै
काठमाण्डौ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लक–इन अवधि असोज महिनामा समाप्त हुन लागेको छ।कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता सेयरमध्ये संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेका शेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।

