सोमबार, असार २,२०८२ 10:40:59
  • सोमबार, असार २,२०८२ 10:40:59
Global IME Bank Limited

जोखिम बहन गर्न सोनापुर मिनरल्स्को रु. ५ अर्बको बीमा

Hyundai Nepal
जोखिम बहन गर्न सोनापुर मिनरल्स्को रु. ५ अर्बको बीमा
Nabil Bank Limited

काठमाण्डौ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले जोखिम बहन गर्न ५ अर्ब रुपैयाँ भन्दा बढीको बीमा गरेको छ । कम्पनीले नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्समा कुल ५ अर्ब ३ करोड ४४ लाख रुपैयाँको सम्पत्ति तथा सामूहिक दुर्घटना बीमा गराएको हो ।

कम्पनीले नेको इन्स्योरेन्समा कुल ४ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा गराएको छ । जसमा हेभि ईक्विपमेन्ट, ढुवानीका साधनहरु, मोटर कार, जिप, भ्यान, मोटरसाइकल जस्ता सम्पत्तिहरु रहेका छन् । कम्पनीले सन् २०२३ जुलाई १८ मा नेको इन्स्योरेन्सबाट ४ अर्ब ७८ करोड रुपैयाँ बराबरको सम्पत्ति बीमालेख खरिद गरेको हो । जसमा कम्पनीले १० करोड रुपैयाँ प्रिमियम भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, कम्पनीले शिखर इन्स्योरेन्समा कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा गराएको छ । सन् २०२२ सेप्टेम्बर १८ मा कम्पनीले शिखर इन्स्योरेन्समा २४ करोड ७८ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गराएको हो । जसमा कम्पनीले कम्पनीले ३ लाख ७१ हजार ७२० रुपैयाँ प्रिमियम भुक्तानी गरिसकेको छ । 

कम्पनीले भौतिक सम्पत्तिहरुको विभिन्न (आगलागी, चट्याङ, भूकम्प, हुरीबतास, बाढी तथा जलमग्न, हुलदङ्गा, आतंकवाद रिसइवीपूर्ण कार्य) जोखिम बहन गर्न दुई वटा बीमा कम्पनीमा बीमा गराएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.