आईतवार, आश्विन ६,२०८१ 04:54:06
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 04:54:06
IME remit
Global IME Bank Limited

प्रिमियममा आईपीओ निकाल्दा लोभै–लोभ, लगानीकर्ता फसेपछि चाहिँ हरिबिजोग !

Hyundai Nepal
प्रिमियममा आईपीओ निकाल्दा लोभै–लोभ, लगानीकर्ता फसेपछि चाहिँ हरिबिजोग !
Nabil Bank Limited

काठमाण्डौ । नियामक निकायहरुसँग सेटिङ मिलेपछि जस्तोसुकै कम्पनीलाई पनि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न दिने विकृतिको सुरुवात नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालले गरे । कमजोर वित्तीय अवस्थाका कम्पनीसँग मिलेमतो गरी प्रिमियममा आईपीओ निश्कासन गर्न अनुमति दिएका र हरेक खालको सेयरहरुको निश्कासनमा अनुचित लाभ लिएका हमालले आफ्नो कर्तुतको प्रतिफल अहिले भोगिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका निकायहरुमा उनले भ्रष्टाचार र घोटालाका एकपछि अर्का मुद्दाहरु भोगिरहेका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उनीसँग निकट रहेर काम गरेका लगानीकर्ताका केही स्वघोषित नेता, केही मिडियाका सञ्चालक लगायतले उनले भ्रष्टाचार गरी कमाएको ठूलो रकम अहिले दोश्रो बजारमा प्रयोग गरिरहेका चर्चा लगानीकर्तामाझ हुने गरेको छ ।  

आफूले कुस्त कमाएको र आफू निकटमार्फत गोप्य ढंगले हमालले लगानी गरिरहेका चर्चा आइरहेको बेला केही महिनाअघि विशेष गरी प्रिमियम मूल्यमा आईपीओ जारी गरेका सबैजसो कम्पनीले हालै आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  

केही कम्पनीले आईपीओ जारी गर्दा आम सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरेका विवरणपत्रमा गरिएको प्रक्षेपणभन्दा निकै खराब वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । आईपीओ बिकाउने बेलामा गुलिया कुरा समावेश गरेर विवरणपत्र प्रकाशन गर्ने केही कम्पनीको वास्तविक अवस्था भने हरिबिजोग देखिएको छ ।  

केही कम्पनीहरुले विवरणपत्रमा प्रक्षेपण गरेका प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, नाफा नोक्सान हिसाबको वास्तविक अवस्था भने निकै फरक देखिएको छ ।  

आईपीओ जारी गरेको केही महिनापछि नै आएको वास्तविक रिपोर्टसँग प्रक्षेपण मिल्दै नमिल्नु खुलेआम ठगीधन्दाको नमूना भएको केही लगानीकर्ता बताउँछन् । उनीहरुको भनाईमा केही वर्षपछिको प्रक्षेपण विभिन्न फ्याक्टरहरुले फरक पर्नसक्छ, तर एउटा संगठित संस्थाले आईपीओ जारी गर्दा गरेको प्रक्षेपण केही महिनापछिको रिजल्टसँग एकछेउ पनि मेल नखानु सुनियोजित ढंगले चलाइएको ठगीधन्दाको रुपमा बुझ्नुपर्छ ।  

'आईपीओ जारी गरेको केही महिनापछिको प्रक्षेपण नै ठीक उल्टोजस्तो कहीँ हुन्छ ?; बजारका एक अगुवा लगानीकर्ताले बिजशालासँग भने-'सेयर बजारमा हुने ठगीधन्दाको जालो चिर्न आवश्यक छ । लगानीकर्तालाई एउटा लोभ देखाएर अहिले हरिबिजोग अवस्था देखिने वित्तीय सूचक प्रकाशित गर्नेहरुमाथि छानबिन र कारबाही हुन आवश्यक छ।'

प्रतिसेयर आम्दानीमा भएको छलछाम

विशेष गरी प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने केही कम्पनीहरुले लगानीकर्तालाई गुमराहमा राखेर विवरणपत्र प्रकाशन गरेका देखिएको छ । यहीकारण समेत आईपीओ निश्कासन भएको केही महिनापछिकै प्रतिसेयर आम्दानी प्रक्षेपितभन्दा निकै फरक आएको छ ।

लगानीकर्तालाई खुलेआम ठगी गर्ने प्रमुख कम्पनीको रुपमा घोराही सिमेन्ट र सोनापुर मिनरल्स देखिएका छन् ।  

घोराहीले आईपीओ जारी गर्दा विवरणपत्रमा आर्थिक वर्ष ०८०–८१ मा १६.३३ रुपैयाँ प्रतिसेयर आम्दानी हुने प्रक्षेपण गरेको थियो । तर, वास्तविकतामा उसको प्रतिसेयर आम्दानी २६.६८ रुपैयाँले ऋणात्मक आएको छ ।  

यस्तै, सोना सिमेन्ट उत्पादनक गर्ने कम्पनी सोनापुर मिनरल्सले १७.५८ रुपैयाँ इपीएस हुने लोभ देखाएर लगानीकर्तालाई आईपीओ किन्न बाध्य बनाएको थियो । चौथो त्रैमासको वित्तीय विवरणअनुसार भने यो कम्पनीको इपीएस १५.२६ रुपैयाँले नेगेटिभ छ ।  

सर्वोत्तम सिमेन्टले पनि विवरणपत्रमा आर्थिक वर्ष ०८०–८१ को चौथो त्रैमाससम्ममा इपीएस १७.८२ रुपैयाँ हुने दाबी गरेको थियो, तर वास्तविकमा ३.७५ रुपैयाँ मात्र भयो ।  

अंकित मूल्यमा आईपीओ जारी गरेको सिटी होटलले पनि लगानीकर्तालाई उसैगरी ठगी गरेको छ । विवरणपत्रमा ०८०–८१ मा आईपीओ ५९ पैसा हुने दाबी गरेको कम्पनीको वास्तविक इपीएस चाहिँ १२.२३ प्रतिशतले नेगेटिभ बनेको छ ।  

नेपाल रिपब्लिक मिडियाले ५.५५ रुपैयाँ हुन्छ भनेको इपीएस घटेर ४२ पैसामा सीमित भएको छ भने १७.०७ रुपैयाँ इपीएस दाबी गरेको सिटिजन लाइफको पनि घटेर ८.२५ रुपैयाँ कायम भएको छ ।  

प्रिमियममा आईपीओ जारी गर्दा रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले १४.२३ रुपैयाँ इपीएस प्रक्षेपण गरेकोमा अहिले ९.११ रुपैयाँ भएको छ ।  

तुलनात्मक रुपमा जीवन बीमा कम्पनीहरु प्रक्षेपणनजिकको इपीएस प्रकाशन गर्ने कम्पनीको रुपमा देखिएका छन् । तर, सिमेन्ट कम्पनीहरुले भने लगानीकर्ताहरुको विश्वासमाथि निकै ठूलो कुठाराघात गरेको देखिन्छ ।  

प्रतिसेयर नेटवर्थ

कम्पनीहरुले आईपीओ जारी गर्दा प्रक्षेपण गरेका प्रतिसेयर नेटवर्थमा पनि उस्तै गडबडी देखिएको छ । हेरौं यो टेबल:

नाफा/नोक्सानमा उस्तै जाल

कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुअघि लगानीकर्ताहरुले सो कम्पनीले गरिरहेको नाफा र गर्नसक्ने नाफालाई समेत हेर्ने गर्दछन् । कम्पनीले आर्जन गर्नसक्ने नाफा र त्यो नाफा कमाउन परिचालन हुने पूँजीलाई हेरेर भविष्यमा त्यसले दिनसक्ने रिटर्नको हिसाबकिताब गरी लगानीको निर्णय गरिएको हुन्छ ।  

प्रिमियममा वा अंकित मूल्यमै आईपीओ जारी गरेका कम्पनीहरुले ०८०–८१ को चौथो त्रैमाससम्मका लागि प्रक्षेपण गरेका नाफा नोक्सानको हिसाब र वास्तविक नाफा नोक्सानमा निकै ठूलो अन्तर देखिएको छ । एक हिसाबले भन्दा महंगो मूल्यको आईपीओ बिकाउन कतिपय कम्पनीले नक्कली नाफा राखेर लगानीकर्तालाई लोभ्याएको देखिन्छ ।  

सर्वोत्तम सिमेन्टले यो वर्ष नाफा ८२ करोड ८४ लाख हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर, चौथो त्रैमाससम्मको उसको वास्तविक नाफा भने १७ करोड ४२ लाख मात्र देखिएको छ । 

 सोनापुर मिनरल्सले त ५४ करोड नाफा हुने लोभ देखाएको थियो, तर वास्तविकतामा करिब ४७ करोड घाटा व्यहोरेको वित्तीय विवरण प्रकाशन गरेको छ । 

घोराही सिमेन्टले पनि आर्थिक वर्ष ०८०–८१ मा ६४ करोड ८७ लाख नाफा हुन्छ भनेर लगानीकर्ता लोभ्याएको थियो । तर वास्तविकतामा यो कम्पनी १ अर्ब २१ करोड ८८ लाख घाटामा गएको छ ।  

बरु रिपब्लिक मिडियाले ४१ करोड हाराहारी घाटा हुने प्रक्षेपण गरेकोमा  ४० लाख नाफा कमाएको छ ।  

भगवती हाइडोले १३ करोड ३४ लाख नाफा हुने लोभ देखाएकोमा ६ करोड ३० लाख मात्र आर्जन भएको विवरण प्रकाशित गरेको छ ।  

आईएमई लाइफले ४८ करोड नाफा हुने प्रक्षेपण गरेकोमा बढेर ५१ करोड माथि पुगेको छ भने रिलायवल र सिटिजन लाइफले क्रमशः ७१ करोड र ८५ करोड नाफाको प्रक्षेपण गरेकोमा क्रमशः ४२ करोड र ३२ करोड मात्र नाफा कमाउन सफल देखिएका छन् ।  

सिटी होटलले विवरणपत्रमा ९८ लाख रुपैयाँ हाराहारीमा नाफा आर्जन गर्ने प्रक्षेपण गरेकोमा २० करोड ४७ लाख बढी घाटा व्यहोरेको छ ।  

दोश्रो बजारबाट भने मालामाल !

वित्तीय विवरणमा झूठा कुरा गरेर आईपीओ बिकाएका कम्पनीहरुको सेयरले दोश्रो बजारबाट भने लगानीकर्तालाई राम्रो रिटर्न दिन सकेको देखिन्छ ।  

हुन त पछिल्लो समेत बुलिस लयमा नेपालको सेयर बजार दौडिरहेको छ । यस्तो बेला सीमित अपरेटरहरुले वित्तीय अवस्था कमजोर भएका कम्पनीहरुको मूल्य उचालेर टुप्पोमा पुर्याउने खेल खेलिरहेका छन् । बढ्दो बजार र अपरेटरहरुको यस्तो खेलको फाइदा कमजोर वित्तीय विवरण प्रकाशन गरेर आईपीओ भर्ने लगानीकर्ताहरुलाई धोका दिएका कम्पनीहरुलाई पनि भएको देखिन्छ ।  

आईपीओ मूल्यको तुलनामा दोश्रो बजार मूल्य यो अवधिमा सबैभन्दा बढी सिटी होटल र भगवती हाइडोको बढेको देखिन्छ । आईपीओ मूल्यको तुलनामा सिटी होटलको दोश्रो बजार मूल्य १०२० प्रतिशत र भगवती हाइडोको ८८२.७५ प्रतिशतले बढिसकेको छ।  

सर्वोत्तम सिमेन्टको मूल्य २६८.७७ प्रतिशत, सोनापुरको २४२.०२ प्रतिशत र घोराहीको १३७.२४ प्रतिशतले सेयरमूल्य बढेको छ । 

बाँकी टेबलमा हेरौं :

(नोट:नेपाल रिपब्लिक मिडिया र सिटी होटलले चाहिँ अंकित मूल्यमै आईपीओ जारी गरेका हुन् ।)

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.