घोराही सिमेन्टको घाटामा ७५.०८% को कमी, बिक्री आम्दानी ३५% ले बढ्यो
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १२ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ९० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन...

