मंगलवार, फाल्गुन ५,२०८२ 01:57:53
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:57:53
Bizshala
Global IME Bank Limited

घोराही सिमेन्टको घाटामा ७५.०८% को कमी, बिक्री आम्दानी ३५% ले बढ्यो

घोराही सिमेन्टको घाटामा ७५.०८% को कमी, बिक्री आम्दानी ३५% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १२ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ९० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ९८ करोड ८७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म ५९ लाख ४८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च ४ करोड ३५ लाख रुपैयाँ, ह्रासकट्टी खर्च १७ करोड १५ लाख र वित्त खर्च १७ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सिर्जित वातावरणका कारण व्यवसायमा गम्भिर असर परेको कम्पनीले जनाएको छ । यस्तै, नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम बुझाउन पत्राचार गरेकाले कम्पनीमा थप वित्तीय भार सिर्जना भएको कम्पनीले जनाएको छ ।    

कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ६७ करोडबाट घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित बनेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.८० रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १८६.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८८.८२ रुपैयाँ र तरलता अनुपात ०.८३३ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.