सोमबार, असार २,२०८२ 02:31:22
  • सोमबार, असार २,२०८२ 02:31:22
Global IME Bank Limited

घोराही सिमेन्टको घाटा ६४.२५ करोड, आम्दानीमा ५७.७६% को संकुचन

Hyundai Nepal
घोराही सिमेन्टको घाटा ६४.२५ करोड, आम्दानीमा ५७.७६% को संकुचन
Nabil Bank Limited

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६४ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म २७ करोड ५७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.७६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६५ करोड २७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ३२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च २२ करोड ५८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको वित्त खर्च पनि ४१ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ३०.४ प्रतिशतले घटेर २ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको अन्य रिजर्भ ७ करोड ९० लाख र सेयर प्रिमियम रिजर्भ २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.०७ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ २२०.५५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३२.७३ रुपैयाँ र तरलता अनुपात ०.८० प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.