काठमाण्डौ । सोनापुर मिनरल एण्ड आयल प्रालिले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको पहिलो किस्ता तिरेको छ । कम्पनीले बक्यौता रकममध्ये पहिलो किस्ता स्वरुप ८६ लाख ३० हजार रुपैयाँ तिरेको हो ।
पहिलो किस्ता बुझाएसँगै नेपाल विद्युत् प्राधिकरणले सोनापुर मिनरल एण्ड आयलमा विद्युत लाइन जोडिदिएको छ । बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले उक्त उद्योगमा गत कात्तिक ७ गते विद्युत लाइन काटेको थियो ।
सोनापुर मिनरलले डेडिकेटेड र ट्रंकलाइन उपभोग गरेबापत २४ करोड २९ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ । यो रकमलाई २८ किस्तामा विभाजन गरि तिर्न सकिने सुविधा दिइएको छ ।

