आईतवार, बैशाख ६,२०८३ 11:55:49
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:55:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोनापुर मिनरल्स घाटाको दुस्चक्रबाट बाहिरः आम्दानीमा उछाल आउँदा अधिकांश सूचकमा सुधार

Bizshala
सोनापुर मिनरल्स घाटाको दुस्चक्रबाट बाहिरः आम्दानीमा उछाल आउँदा अधिकांश सूचकमा सुधार
Shivam Cement

काठमाण्डौ । गत वर्षसम्म चरम घाटा व्यहोरिरहेको सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडको आम्दानीमा ५९.४७  प्रतिशतको उछालसँगै नाफा आर्जन गर्न सफल भएको छ ।  

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म यो कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा रहेको ४७ करोड १० लाख रुपैयाँ रहेको घाटाको दलदलबाट आफूलाई बाहिर निकाली  ६१ लाख ५० हजार नाफा आर्जन गर्ने सफलता पाएको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनी घाटाबाट बाहिर निस्किएपछि  गत वर्षको यही अवधिसम्म १५.३२ रुपैयाँले ऋणात्मक रहेको प्रतिसेयर आम्दानी पनि सुधार भई ०.२० पैसाले धनात्मक बन्न पुगेको छ ।  

विशेष गरी कम्पनीको आम्दानीमा देखिएको ५९.४७ प्रतिशतको उछालले वित्तीय विवरणमा सुधारको अवस्था बन्न पुगेको हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ६३ करोडमा सीमित आम्दानी बढेर २ अर्ब ६१ करोड माथि पुगेपछि बाँकी सूचकमा समेत सुधार देखिएको हो ।  

अघिल्लो वर्षको यही अवधिसम्म ८ करोड ६२ लाखमा सीमित रहेको ग्रस प्रफिट बढेर यो वर्ष ७० करोड माथि पुगेको छ ।  

अघिल्लो वर्षसम्म १३ करोड ६४ लाखले सञ्चालन घाटामा रहेको यो कम्पनी समीक्षा अवधिमा भने ४३ करोड ७० लाख रुपैयाँ सञ्चालन नाफामा पुगेको छ । 

CG Motors
Garima Development Bank
IME remit

अघिल्लो वर्ष २९ करोडमा सीमित रिजर्भको आकार बढेर यो वर्ष १ अर्ब १२ करोड ९२ लाख माथि पुगेको छ ।  

कुल १३ अर्ब  ९४ करोड कुल सम्पत्ति रहेको कम्पनीको कुल दायीत्व चाहिँ ८ अर्ब ८ करोड माथि रहेको छ । अघिल्लो वर्ष १२ अर्ब २६ करोड कुल सम्पत्ति रही दायीत्वको आकार ७ अर्ब २४ करोडमा रहेको थियो ।  

एक वर्षको अवधिमा कम्पनीले ५० करोड ५२ लाख रुपैयाँ रहेको ऋण घटाएर १८ करोड ३२ लाखमा सीमित गर्ने सफलता समेत पाएको छ । गत वर्षको अवधिमा कम्पनीले लगानीलाई समेत बढाएको देखिन्छ भने कम्पनीसँग नगद उपलब्धता समेत गत वर्षको तुलनामा कयौं गुणाले बढेको देखिन्छ ।  

समीक्षा अवधिका लागि कम्पनीको प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु.४५३.३५ तथा तरलता अनुपात १.०७ प्रतिशत कायम गरेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.