मंगलवार, फाल्गुन ५,२०८२ 02:01:35
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:01:35
Bizshala
Global IME Bank Limited

घाटाबाट बाहिरिँदै सोनापुर मिनरल्सद्वारा ४.३६ करोड नाफा आर्जन

घाटाबाट बाहिरिँदै सोनापुर मिनरल्सद्वारा ४.३६ करोड नाफा आर्जन
Shivam Cement

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड चालु आवको पहिलो त्रैमासमा घाटाबाट उम्कन सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनी ८ करोड ५५ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले यो अवधिसम्म बिक्रीमार्फत ६६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९५.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ११ लाख ५० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।    

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको बिक्री तथा वितरण खर्च ४९ लाख ४५ हजार रुपैयाँ,ह्रासकट्टी खर्च ५ करोड ४६ लाख र प्रशासनिक खर्च ४ करोड १ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.४२ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४५९.३७ रुपैयाँ र तरलता अनुपात १.८२ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.