काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड चालु आवको पहिलो त्रैमासमा घाटाबाट उम्कन सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनी ८ करोड ५५ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले यो अवधिसम्म बिक्रीमार्फत ६६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९५.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ११ लाख ५० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।
कम्पनीको बिक्री तथा वितरण खर्च ४९ लाख ४५ हजार रुपैयाँ,ह्रासकट्टी खर्च ५ करोड ४६ लाख र प्रशासनिक खर्च ४ करोड १ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.४२ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४५९.३७ रुपैयाँ र तरलता अनुपात १.८२ प्रतिशत कायम भएको छ ।

