काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)घोषणा गरेको हो ।
यस्तै बैठकले कम्पनीको ५ औं वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विववरणहरु पारित हुनुका साथै ५ जना संस्थापक र एक जना सर्वसाधारण र एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।