काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि बुक बिल्डिङ बिधिमार्फत आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँ दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । क्यापिटलका अनु्सार कम्पनीको आईपीओमा कुल ९ लाख ६० हजार ३०१ आवेदकबाट १८ अर्ब २६ करोड ६३ लाख ६१ हजार ६२४ रुपैयाँबराबरको ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये ९ लाख ५८ हजार ९५९ कित्ता सदर भएको र १ हजार ३४२ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।
यसरी कुल सदर ९ लाख ५८ हजार ९५९आवेदकबाट १८ अर्ब २३ करोड ९२ लाख ७६ हजार ०७९ रुपैयाँबराबरको ५ करोड ५ लाख ३८ हजार ३१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।
कुल आवेदकमध्ये ५५ हजार ५२१ जनालाई ५० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको २६ कित्ता सेयर २६ जना लाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ । यसरी बाँकी ९ लाख ३ हजार ४३८ सदर आवेदकको हात भने खाली भएको छ ।