आईतवार, आश्विन २५,२०८३ 07:17:45
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 07:17:46
Bizshala
Global IME Bank Limited

लगानी समूहका कम्पनीहरुको नाफा १३.३९% ले वृद्धि, कुन सूचकमा कुन अब्बल ?

Bizshala
लगानी समूहका कम्पनीहरुको नाफा १३.३९% ले वृद्धि, कुन सूचकमा कुन अब्बल ?
New Office

काठमाण्डौ । लगानी समूहका कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा अघिल्लो आवको तुलनामा १३.३९ प्रतिशत बढी हो । अघिल्लो आवको अन्त्यसम्म लगानी समूहका कम्पनीहरुले कुल ४ अर्ब १३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

गत आवमा सबैभन्दा धेरै नाफा कमाउनेमा नागरिक लगानी कोष रहेको छ । यो कम्पनीले १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १३.७१ प्रतिशत बढी हो ।  

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि सो अवधिसम्म १ अ र्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १३.९१ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ९७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३२।९८ प्रतिशत कम हो ।  

यता एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले भने ८९१.८२ प्रतिशतले बढाएर गत आवमा ६७ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, सिइडिबी होल्डिङ्स लिमिटेडले ५७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ५९९.२० प्रतिशतले वृद्धि भएको छ ।  

यसका साथै हाथवे इन्भेष्टमेन्ट कम्पनीले ६ करोड ४९ लाख र इमर्जिङ नेपाल लिमिटेडले ५९ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।  

लगानी कम्पनीहरुको आम्दानीका स्रोतहरु फरक–फरक भएपनि यी कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गरेर आम्दानी गरेका हुन्छन् । त्यसबाट आर्जित मुनाफाबाट केही प्रतिशत रकम लगानीकर्ताहरुलाई प्रतिफलका रुपमा समेत लगानी कम्पनीहरुले बाँडेका हुन्छन् ।  

गत आवको अन्त्यसम्म लगानी समूहका ७ कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरेर ७ अर्ब २७ करोड १६ लाख रुपैयाँ आम्दानी गरेका छन् । सबैभन्दा धेरै नागरिक लगानी कोषले २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.