मंगलवार, आश्विन २८,२०८२ 06:30:37
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 06:30:37
IME remit
Global IME Bank Limited

सेयर बजार घट्नुका यस्ता छन् कारण, ब्रोकर भन्छन् ‘२ः४५ बजेपछि सेयर किन्न नै मान्दैनन् लगानीकर्ता ! ’

Hyundai Nepal
सेयर बजार घट्नुका यस्ता छन् कारण, ब्रोकर भन्छन् ‘२ः४५ बजेपछि सेयर किन्न नै मान्दैनन् लगानीकर्ता ! ’
Shivam Cement

काठमाण्डौं । गत महिना साउन १३ गते ३ हजार १ को विन्दुमा बन्द भएको बजार त्यसपछि लगातार खसेर आज २ हजार ७६७ को विन्दुमा बन्द भएको छ । यो बिचमा १५ कारोबार दिनमा नेप्सेमा २३० अंकको गिरावट आएको छ । त्यो समयमा साढे २६ अर्ब रहेको कारोबार आज ५ अर्बमा सीमित भएको छ ।  

यसरी लाभांशको सिजनमा नै बजार घट्नुमा लगानीकर्ताहरुले विभिन्न अड्कलबाजी लगाएको सुनिन्छ । यसरी बजार घट्नुमा केही लगानीकर्ताहरुले धितोपत्र दलाल व्यवसायिहरुलाई दोष लगाएको सुनिन्छ भने केहीले प्राविधिक विश्लेषकहरुले बजार घटाएको आरोप समेत लगाउने गरेका छन् । ती लगानीकर्ताहरु पछिल्लोपटक ब्रोकहरुले लिमिट टाइट गर्दा बजार घटेको तर्क गर्छन् ।  

यसै विषयमा बोल्दै भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) का सञ्चालक राजकुमार तिमिल्सिनाले ब्रोकरले लिमिट टाइट गर्दा बजार घटेको भन्ने आरोपमा कुनै सत्यता नभएको प्रतिक्रिया दिए । उनका अनुसार लगानीकर्ताहरुलाई भोलिपल्ट बाँकी पैसा दिने गरि २५ प्रतिशत अग्रिम भुक्तानी लिएर कारोबार गर्न दिइएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

‘यसको अर्थ बाँकी पैसा तिर्न नै पर्दैन भन्ने होइन । अहिले पाँच प्रतिशत लगानीकर्ताहरुले पनि समयमा पैसा तिर्दैनन्, ’तिमिल्सिना भन्छन्, ‘ब्रोकरहरु पनि कुबेरका भकारी होइनन् । सेयर किनेको पर्सिपल्ट पैसा ब्रोकरमा आउँछ भने म एक अर्ब पनि लिमिट दिन्छु । ब्रोकरले पनि हिसाब मिलान त गर्नु पर्छ ।’

अर्को एक प्रसंगमा तिमिल्सनाले पछिल्लोपटक ब्रोकरहाउसहरुमा अन्तिम १५ मिनेको एभरेजिङ गर्ने नियमको विषयमा पनि धेरै गुनासो आएको बताए । उनी थप्छन्, ‘पहिले अन्तिम १५ मिनेटमा सेयर किन्न हारालुछ हुन्थ्यो । तर अहिले भने २ः४५ बजेपछि कोहि पनि सेयर किन्न नै तयार हुँदैनन् । किन भने अन्तिम १५ मिनेटको संमायोजनले लगानीकर्ताले किनेको सेयरको मूल्य घट्न गएको छ । यो भनेको मनोबैज्ञानिक प्रभाव पनि परेको हो । आफ्नो सेयर किनेपछि घटाउन कोहि पनि चाँहदैन ।’

उनले श्रीलंकाको मोडलमा अन्तिम ५० वटा कारोबारको हिसाबले मूल्य समायोजन हुने विकल्प उत्तम हुने बताए । कुन ठीक–बेठीक भनेर छुट्टाउने नियामक नै भएको बताउँदै उनले भने, ‘तर बजारमा गुनासो भने निकै बढेको छ । अर्को कारण भनेको म्यूचूअल फण्डहरुले लाभांश घोषणा गर्दाकै दिन नगद व्यवस्थापन गर्नु पर्ने जस्ता कारणले पनि बजार घट्न पुगेको छ । यसले म्यूचुअल फण्डको पैसा एक ठाँउमा एक महिना होल्ड हुन पुग्यो ।’

अर्का एक ब्रोकरले अहिले बजार घट्नुमा आईपीओ र प्रि–आईपीओेबाट पैसा बाहिरिनु पनि मुख्य कारण रहेको बताए । ती ब्रोकरका अनुसार ब्रोकर कर्मचारीहरुकै सहयोगमा मर्चेन्ट बैंकसँग आईपीओ सम्झौता भएपछि बजारबाट प्रि –आईपीओबाट पैसा बाहिरिएको छ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.