३ हजार विन्दुबाट करिब ५०० अंकले घट्दा नेप्सेको कुन समूहमा कति गिरावट ? अबको रणनीति कस्तो ?
काठमाण्डौ । पछिल्लो पटक १९६० को विन्दुमा हायर लो कन्फर्मेसन गरेको नेप्समा त्यसपछि करिब ११०० अंकले बढोत्तरी आयो । यो लगानीकर्ताले नसोचेको बढोत्तरी थियो । यस पटकको बढोत्तरीमा नेप्से परिसूचक इन्ट्रा डे कारोबारमा करिब ३०४८ सम्मको विन्दुसम्म पुग्यो । सेयर बजारमा कारोबार रकमले अल टाइम हाईको रेर्कर्ड बनाए पनि सूचकले भने नयाँ रेर्कड बनाउन सकेन ।