बिहीबार, श्रावण १४,२०८३ 10:01:06
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 10:01:06
Bizshala
Global IME Bank Limited

नेप्सेको आइतबारको बढोत्तरी ‘फल्स ब्रेक आउट’ भएको दाबी, केही भने तिहारपछि बजारले लय समात्नेमा आशावादी

नेप्सेको आइतबारको बढोत्तरी ‘फल्स ब्रेक आउट’ भएको दाबी, केही भने तिहारपछि बजारले लय समात्नेमा आशावादी
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६७ प्रतिशत अर्थात १६.६७ अंकले बढेर २ हजार ५०३.८५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ४३७.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२३ वटा स्क्रिप्टको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर २ अर्ब ७९ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘सेयरबजार घट्नुपर्ने त्यस्तो कारण छैन, सबै पक्ष सकारात्मक नै छ । केही दिनदेखि नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डका कर्मचारीरु आन्दोलित हुनु र देशको अस्थिर राजनीतिकका कारण बजार घटेको थियो । धितोपत्र बोर्ड र नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएपनि कर्मचारीको सुविधाको विषयमा मात्रै आवाज उठाएका र बजारमा भइरहेको गतिविधिमा केही चासो नराखेकाले पनि बजार माथि जान सकिरहेको छैन । नियामकले बजार मोनिटरिङ गरिरहेको देखिँदैन । लगानीकर्ताहरुले लगातार पूँजीबजार सुधारको लागि मागहरु राखेर बोर्डलाई अल्टिमेटम नै दिएको छ । लगातार घटेको बजार आज बटम जोनदेखि माथि जान लागेको जस्तो देखिएको हो । सम्भवतः तिहारपछि बजारले लय समात्ने देखिन्छ।’

त्यस्तै, अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज बजार दोहोरो अंकले बढेपनि कारोबार न्यून छ । यस्तो बजारलाई बढेको मानिदैन, बजार बटम जोनमै छ । कारोबार रकम धेरै कम भएको तर बजार सामान्य अंकले बढेको छ भने त्यस्तो बजारलाई ‘फल्स ब्रेक आउट’ भन्न सकिन्छ ।'  

साथै अस्थिर राजनीतिक पक्षले लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन । लगानीकर्ताहरु अझैपनि पर्ख र हेरको अवस्थामा छन् । अब यो भन्दा अझै तल नजाने आशामा लगानीकर्ता रहेका उनको भनाई छ । 

आज के-के भयो बजारमा ?

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात १.१६ प्रतिशतले बढ्यो । 

यस्तै आज बैंकिङ समूह ०.८७, फाइनान्स ०.५१, होटल ०.७२, हाईड्रो ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७ र व्यापार समूह ०.९० प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूह, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहमा गिरावट आयो । यी समूहहरु क्रमशः०.२१, ०.१३ र ०.३४ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड १० लाख बढीको कारोबार भयो । हिमालयन डिष्ट्रलरीको पनि आज २५ करोड ३६ लाख, युनियन हाईड्रोको १६ करोड ९७ लाख, सीईडिबि होल्डिङको ९ करोड २१ लाख र हिमालयन रि इन्स्योरेन्सको ९ करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज आत्मनिर्भर लघुवित्त, हिमालयन पावर पाटर्नर र भगवती हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै एशियन हाईड्रोपावर, अभियान लघुवित्त, युनियन हाईड्रोपावर, अपर स्याङ्गे हाईड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशतले बढ्यो ।  

यो दिन कालिका लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ३.९४ प्रतिशतले घट्यो । नेपाल माईक्रो इन्स्योरेन्सको सेयरमूल्य पनि आज ३.७० र मुक्तिनाथ विकास बैंकको ३.४२ प्रतिशतले घट्यो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.