बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी
काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले कमजोर नियमनको फाइदा कसरी उठाउँछन् र हाम्रा नियामकहरुलाई कतिसम्म नजरअन्दाज गर्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ बोटलर्स नेपाल लिमीटेड । नेप्सेमा सूचीकृत यो कम्पनीले २०८१ मंसिर ५ गते सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०-८१ का लागि सेयरधनीलाई कुनै लाभांश नदिने भनी गरेको निर्णय करिब एकमहिनापछि मात्र जानकारी गराएको छ ।