आईतवार, फाल्गुन ११,२०८१ 10:38:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:38:55
IME remit
Global IME Bank Limited

सुधार थालिसकेको भन्दै सेयर बजारमा ढुक्कले लगानी बढाउन अर्थमन्त्रीको आह्वान

भने-'लघुवित्तको उद्धार गर्छौ, सबैलाई काम र परिणामले जवाफ दिन्छौं'

Hyundai Nepal
सुधार थालिसकेको भन्दै सेयर बजारमा ढुक्कले लगानी बढाउन अर्थमन्त्रीको आह्वान
Nabil Bank Limited

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा नीतिगत र व्यवहारिक सुधारको काम आफूले सुरु गरिसकेको दाबी गर्दै लगानीकर्तालाई निर्धक्क भएर लगानी बढाउन आह्वान गरेका छन् । 

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

 ‘अहिले सेयर बजारका लगानीकर्ताको मनोबल कमजोर जस्तो देखिन्छ । ६० लाख बढी यसमा जोडिएका छन् । कमजोर मनोबललाई बलियो बनाउनका लागि आवश्यक सबैखालका सुधारहरु हुनेछन् । मैले नीतिगत र व्यवहारिक सुधारसहित सेयर बजारको मनोबल माथि उठाउने कुरा कार्यभार सम्हाल्दै गर्दा पनि भनिसकेको छु ।’ उनले भने–‘म सबै लगानीकर्ताहरुलाई निर्धक्क भएर सेयर बजारमा लगानी गर्न आह्वान गर्छु ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

अर्थमन्त्री पुनले समस्याग्रस्त लघुवित्त संस्थाहरुलाई सरकारले बचाउने र उद्धार गर्ने उद्घोष समेत गरेका छन् । ‘लघुवित्त पीडितको कुरा आएको छ । मिटरब्याज पीडितका कुरादेखि सहकारीहरुसम्मका समस्या छन् । तर बचतकर्ता डराउनुपर्दैन । विगतमा पनि सरकार ग्यारेण्टी बसेर समस्याहरु समाधान गरिएकै हो ।’ उनले थपे–‘समस्याग्रस्त सहकारीलाई सिस्टममा ल्याउने र लघुवित्तलाई बचाउने काम सरकारकै जिम्मेवारी हो । यसमा कसैले अत्तालिने अवस्था आउन दिँन्न ।’ 

उनले आफू यसअघि अर्थमन्त्री हुँदा सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी रहेको र २०११ मा पनि घरजग्गामा समस्या देखिएको स्मरण गराउँदै त्यसबेला समेत बुद्धिमतापूर्वक समस्या समाधान गरेको बताएका छन् । ‘सन् २०११ मा पनि घरजग्गाको समस्या विकराल थियो । सेयर बजारमा पनि उस्तै समस्या थियो । त्यसबेला पनि समाधान गरेकै हो । अहिले पनि गर्न सकिन्छ ।’–उनले भने । 

उनले सरकारले नीतिगत सुधार गरी घरजग्गाको व्यापारलाई पनि चलायमान बनाउने दाबी गरे । ‘यो क्षेत्रलाई पहिलाजस्तै चलायमान बनाउनका लागि आवश्यक सबै सुधारका काम गरिनेछ ।’ उनले भने–‘यो क्षेत्रमा संलग्नहरुलाई पनि म अपील गर्न चाहन्छु, तपाईहरु नआत्तिनुहोला ।’ 

उनले अर्थतन्त्र संकटमा गएको नभई केही क्षेत्रमा मन्दी छाएको र त्यसमा सुधार गर्ने गरी आवश्यक सुधारका कामहरु समेत थालिसकिएको जानकारी दिए । ‘सरकारले खर्च गर्ने कुरामा छिटोछरितो गरिन्छ । राजश्व संकलन वृद्धिका लागि मैले स्पष्ट योजना नै बनाइसकेको छु ।’ मन्दी सुधारको कार्ययोजना सुनाउँदै पुनले भने–‘उत्पादन वृद्धि र रोेजगारी सिर्जना केही कठीन काम हो । तर, यो पनि हामी गरेर देखाउँछौं।’ 

अर्थतन्त्र सुधार र रोजगारी सिर्जनामा प्रधानमन्त्री प्रचण्डको हुटहुटी र स्पिरिटमा कांग्रेसले साथ नदिंदा पुरानो गठबन्धन टुटेको दलिल समेत उनले पेश गरेका छन् । ‘त्यो स्पिरिट मिल्ने पार्टीहरुसँग हाम्रो कार्यगत एकता भएको हो । अहिले हामी जनताको आकांक्षाअनुसार तीव्र गतिमा हिँडौं, चलौं भन्ने पार्टी एकठाउँमा छौं ।’ उनले भने–‘यो कुरा भनाईमा होइन, कामले पुष्टि गर्छौ । हेर्दै जानुहोला हामी परिणामले सबैलाई जवाफ दिनेछौं । जनताको अवस्था परिवर्तन गरिछाड्ने हाम्रो प्रण हो ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.