मंगलवार, श्रावण १२,२०८३ 11:42:51
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:42:51
Bizshala
Global IME Bank Limited

कोप३० मा जीवाश्म इन्धनसम्बन्धी सहमति नबनेसँगै कच्चा तेलको मूल्यमा गिरावट

कोप३० मा जीवाश्म इन्धनसम्बन्धी सहमति नबनेसँगै कच्चा तेलको मूल्यमा गिरावट
New Office

काठमाण्डौ । विश्वबजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा कच्चा तेलको मूल्य साढे १ प्रतिशतले घटेको हो ।

डब्लूटीआई क्रुडको मूल्य १.५९ प्रतिशत अर्थात ०.९४ डलरले घटेर प्रतिब्यारेल ५८.०६ डलरमा कारोबार भईरहेको छ ।

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.२९ प्रतिशत अर्थात ०.८२ डलरले घटेर प्रतिब्यारेल ६२.५६ डलरमा कारोबार भईरहेको छ ।

ब्राजिलको बेलेममा भएको संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन(कोप३०) जीवाश्म इन्धनमा कुनै सहमति बिना नै सकिएसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो । तेल, कोइला र ग्यासको प्रयोग घटाउने विषयमा सहमति गराउन चाहने बेलायत र युरोपेली संघलगायत ८० भन्दा बढी देशहरू कोप३० बैठकका कारण निराश बनेका छन् ।

तर तेल उत्पादक देशहरूले आफ्नो जीवाश्म ईन्धन स्रोतहरू आफ्नो अर्थव्यवस्था वृद्धि गर्न प्रयोग गर्ने अधिकार हुनुपर्ने जोड दिएका छन् । संयुक्त राष्ट्रसंघले विश्वको तापक्रम वृद्धि पूर्व औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयास असफल भएको देखाएको बेला यो बैठक भएको हो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.